• मंसिर १५ २०८१, शनिबार

ललिता निवासको जग्गा सरकारको नाममा आइसक्यो, सबैलाई धन्यवाद : गृहमन्त्री श्रेष्ठ

फाल्गुन ४ २०८०, शुक्रबार

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवासको जग्गा सरकारको नाममा आएको भन्दै सबै नेपाली जनतालाई बधाई दिएका छन् । उनले विशेष अदालत र न्यायाधीशहरूप्रति आभार प्रकट गरेका छन् ।

‘अन्ततः ललिता निवासको सरकारी जग्गा सरकारको नाममा आयो । सबै नेपाली जनतालाई बधाई छ । जालसाजी, किर्ते, ठगी र भ्रष्टाचारद्वारा राज्य लुट्ने कार्य र प्रक्रिया विरूद्ध विशेष अदालतले सत्य र न्यायको पक्षमा ऐतिहासिक फैसला गर्‍यो । विशेष अदालत र न्यायाधीशहरूप्रति हार्दिक आभार र धन्यवाद !’ शुक्रबार उनले सामाजिक सञ्जालमा भनेका छन् ।

विशेष अदालतले बिहीबार ललित निवासको व्यक्तिका नाममा रहेको जग्गा सरकारीकरण गरेको थियो । अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दिप बस्न्यात, पूर्वसचिव छविराज पन्तसहित ८० जनाभन्दा बढीलाई दोषी ठहर गरेको थियो । गृहमन्त्री श्रेष्ठले अदालतको फैसला ऐतिहासिक भन्दै खुशी प्रकट गरेका हुन् ।