• जेष्ठ ६ २०८३, बुधबार

बझाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु दुई घाइते

फाल्गुन ४ २०८०, शुक्रबार

बझाङ ।  बझाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु र दुई जना घाइते भएका छन् ।

बझाङको तलकोटबाट चैनपुर आइरहेको से १ ज ८६८ नं को जिप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका हुन् ।

बिहीबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा तलकोट–१ की सुस्मिता कठायत रहेकी छिन् भने  घाइते तलकोट-३ का जिप चालक राजेशकुमार कडाल र मष्टा गाउँपालिका-५ का सह–चालक कमल कठायतको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरतबहादुर शाहका अनुसार दुर्घटनापछि सुस्मितालाई उपचारका लागि जिल्ला अस्पतालमा पुर्‍याउँदा चिकित्सकले उनीलाई मृत घोषणा गरेका थिए । जिप अनियन्त्रित भएर सडकबाट ७० फिट तल खसेको थियो ।