• जेष्ठ ६ २०८३, बुधबार

दाङमा ड्युटीमा रहेकी महिला प्रहरीलाई आफ्नै श्रीमानले गरे गोली हानी हत्या

फाल्गुन ३ २०८०, बिहीबार

काठमाडौं । दाङमा गोली हानेर एक महिला प्रहरीको हत्या भएको छ । वडा प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान धनमाया थापाको हत्या भएको लुम्बिनी प्रहरी प्रमुख डीआईजी कुवेर कडायतले जानकारी दिए ।

प्रहरीका अनुसार धनमायालाई उनकै श्रीमान् यमबहादुर झाँक्रीले गोली हानेर हत्या गरेका हुन् । यमबहादुर बाँकेको नेपालगन्ज तालिम केन्द्रमा कार्यरत थिए ।

दाङको दामोदर चोकमा ड्युटीमा रहेका बेला धनमायामाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । श्रीमान यमबहादुर प्रहरी नियन्त्रणमा छन् ।