• मंसिर १५ २०८१, शनिबार

एमाले धादिङको पदाधिकारीमा भूमि त्रिपाठीको प्यानलै विजयी

फाल्गुन ३ २०८०, बिहीबार

काठमाडौं । एमाले धादिङको पदाधिकारीमा भूमि त्रिपाठीको समूह विजयी भएको छ । आज बिहान मतदानपश्चात दिउँसो सार्वजनिक नतिजाअनुसार अध्यक्ष,उपाध्यक्ष, सचिव र दुईटा उपसचिव पदमा त्रिपाठी पक्ष विजयी भएको हो । अध्यक्षमा त्रिपाठी ५४७ मत ल्याएर विजयी हुँदा डा.रामकुमार अधिकारीले ३०९ मत ल्याए ।

त्रिपाठी समूहबाटै उपाध्यक्षमा अर्जुन श्रेष्ठ गोरखाली र सचिवमा राधिका सापकोटा विजयी भएका छन् । गोरखालीले ३१५ मत र राधिका सापकोटाले ३३८ मत ल्याए ।

रामकुमार अधिकारी समूहबाट उपाध्यक्षका उम्मेदवार रामकुमार आचार्यले २३२ र सचिव पदका उम्मेदवार हरिराम लोहनीले २०९ मत ल्याए । त्रिपाठी समूहबाट खुला उपसचिवतर्फ भक्तबहादुर लामिछाने ३४८ मत र महिलातर्फ उर्मिला रेग्मी रूपाखेती ३५१ मत ल्याएर निर्वाचित भएकी छन् ।

अधिकारीतर्फ खुला उपसचिवमा दीपक खतिवडा र महिला उपसचिवमा खुपीकुमारी तामाङ उम्मेदवार थिए । फागुन २१ गतेबाट सुरू भएको अधिवेशनले सहमतिमा नेतृत्व चयन गर्न नसकेपछि अध्यक्षका दुई आकांक्षी भूमि त्रिपाठी र डा.रामकुमार अधिकारीले प्यानलै बनाएर चुनाव लडेका थिए ।

त्यहाँ अधिवेशनको क्रममा दुई समूहबीच झडप हुँदा एकजनाको हातसेत भाँच्चिएको थियो । त्यसपछि जिल्लाका ८ जना नेताहरूलाई केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं बोलाएका थिए ।