• मंसिर १२ २०८१, बुधबार

नुहाउँदा भुलेरपनि नगर्नुस् यि गल्ती

फाल्गुन ३ २०८०, बिहीबार

–कतिपय मानिस तातो पानीले नुहाउन मन पराउँछन् । तातो पानीले नुहाउँदा शरीरमा रहेका आवश्यक तेल समाप्त हुन्छ । छाला सुक्खा हुन्छ, जसले गर्दा चिलाउने समस्या देखिन सक्छ । जाडो याममा नुहाउँदा पनि तातो पानीको साटो मनतातो पानी प्रयोग गर्नु उपयुक्त हुन्छ ।
–धेरैले नुहाउँदा आधी घण्टाभन्दा बढी समय लगाउँछन् । यसरी लामो समयसम्म पानीमा रहँदा छाला सुक्खा हुन्छ । छालाको प्राकृतिक म्वइस्चराजर सकिन्छ । त्यसैले १० मिनेटभन्दा बढीपानीमा नबसेको राम्रो ।
–कतिपय मानिस बास्ना भएको साबुनले नुहाउन रुचाउँछन् । बास्नादार साबुनले छाला सुक्खा बनाउँछ । शरीरलाई आवश्यक पर्ने तेलयुक्त साबुनले नुहाउनु छालाका लागि बेस हुन्छ ।
–लामो समयसम्म एउटै नुहाउने ब्रसको प्रयोग गर्नु हुन्न । यसले छालामा हानि पु¥याउन सक्छ । जति पुरानो ब्रस अथवा बडी पफ हुन्छ, त्यसमा त्यति नै ब्याक्टेरिया हुन्छन् । एक महिना प्रयोग गरेपछि नुहाउने ब्रस वा पफ बदलिहाल्नुपर्छ ।