• मंसिर १५ २०८१, शनिबार

माओवादी विधान अधिवेशनमा महेन्द्र शाहीले दिए पार्टीलाई १४ सुझाव

फाल्गुन २ २०८०, बुधबार

काठमाडौँ । कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सबै तहका समिति र पदाधिकारी महाधिवेशन प्रतिनिधिबाट प्रत्यक्ष चुनिनुपर्ने सुझाव दिएका छन् । विधान अधिवेशनमा आफ्नो समूहगत सुझाव दिँदै उनले सबै तहमा प्रत्यक्ष निर्वाचित र पदाधिकारी दुई कार्यकाल राख्नुपर्ने सुझाव दिएका हुन् ।
यस्ता छन् उनका सुझावहरु :
१. सबै तहका कमिटी र पदाधिकारीहरु महाधिवेशन एवं सम्मेलनहरुबाट प्रत्यक्ष निर्वाचित हुनुपर्छ । पदाधिकारी २ कार्यकाल राखौँ ।
२. ५० प्रतिशत युवा पुस्तालाई स्थान दिनु पर्छ जेनेरेसन पुस्तान्तरणको व्यवस्था राख्ने ।

३. जनवादमा उभिएको बलियो केन्द्रीकृत आवश्यक छ ।
४. अधिकार सम्पन्न संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित हुने उम्मेदवार छनौट गर्ने । सरकार बनाउने, सरकारलाई निर्देशन गर्ने, मातहतका समिति संचालन गर्ने, उत्पादनको योजना बनाई कार्यान्वयन गर्ने ।
५.समिति साना चुस्त बनाउने, केन्द्रीय समिति ९९ जनाको बनाउने, प्रदेश ५१ जिल्ला र स्थानीय पालिका समिति २५ जनाको बनाउनु पर्ने ।
६.कार्यकर्ता र  नेताको  मूल्यांकनको विषय कामका आधारहरु पार्टी सदस्य विस्तार, संगठन निर्माण, अन्तर्विरोधको हल, चुनावको परिणामको आधारमा हुनुपर्ने ।
७. पार्टी सदस्य दिँदा परीक्षणकाल ३ महिना, त्यस पछि प्रतिनिधि, पदाधिकारीको उम्मेदवार हुने अधिकार सुनिश्चित गर्ने व्यवस्था राखौँ ।
८. अध्यक्षसहित भूगोलको इन्चार्ज २ वर्षका लागि अन्तर जिल्लाबाट बनाउने व्यवस्था राख्न आवश्यक छ ।
९.विधानमा बाधा अटकाउ फुकाउनु परे विधान सभा कायमै राखी यही विधान सभाले संशोधन गर्नुपर्ने ।
१०. गैरआवासीय नेपालीलाई पनि पार्टी सदस्य दिने ।
११. एक समितिमा पदाधिकारीरहरुको कार्यकाल २ पटक हुने ।

१२.प्रदेश समिति सदस्य स्थायी समिति सदस्य सरह बैठकमा बस्न पाउने व्यवस्था हुन आवश्यक छ ।
१३. विभिन्न विषयको अध्ययन र अनुसन्धान गर्नका लागि अनुसन्धान समिति केन्द्र र प्रदेशमा बनाउने ।
१४.सबै तहका पदाधिकारीहरु र जनप्रतिनिधिहरु पूणर्कालीन हुने बाँकी नेता कार्यकर्ता आवश्यकताको आधारमा पार्टी काममा लगाउने ।