काठमाडौं । पश्चिमी वायु र बंगालको खाडीको वायुका कारण काठमाडौं उपत्यकासहित देशभर बदली भएको छ । आज बिहानैदेखि देशका विभिन्न स्थानमा बादल र कुहिरो लागेको छ ।
जल तथा विपदविज्ञ धर्मराज उप्रेतीका अनुसार पश्चिमी वायु र बंगालको खाडीको वायुको प्रभावले बनाएको एन्टिसाइक्लोनको अवस्थाले देशभर नै बादल लागेको छ ।
सुदूरपश्चिमका पहाड र तराई तथा कोशी प्रदेशमा हल्का बादल लागेको छ । देशका अन्य भाग कर्णालीदेखि बागमती प्रदेश र मधेश प्रदेशसम्म बादल बाक्लो देखिएको छ ।
केही भागमा पछिल्लो २४ घण्टामा हल्का वर्षा र हिमाली भेगमा हिमपात भएको उप्रेतीले बताए । बादल आज रातिदेखि नै हटेर जाने र भोलि घाम लाग्ने सम्भावना रहेको उनले बताए ।