• आश्विन १३ २०८१, आईतवार

मिर्गौला रोगबारे जान्नै पर्ने केही कुरा

फाल्गुन १ २०८०, मंगलवार

मिर्गौलाले शरीरको रगत शुद्धीकरण गर्ने काम गर्छ। मिर्गौला रोग विभिन्न कारणबाट हुन्छ । मिर्गौलाले २४ घण्टामा करिब २०० लिटर रगत छान्ने काम गर्दछ । मिर्गौलाले चाहिने मात्रामा मात्र पानी शरीरमा राख्छ र अनावश्यक भएमा शरीरबाट पिसाबकोरुपमा बाहिर निकालेर शरीरमा पानीको मात्रामा सन्तुलन कायम गर्दछ ।

मिर्गौलाले ठिकसँग काम गरेरनगरेको कसरी थाहा पाउने रु रगतमा युरिया र क्रियाटिननको मात्रा हेरेर । २४ घण्टाको पिसाब जम्मा गरि क्रियाटिननको क्लियरेनस पत्ता लगाएर रगतमा हेमोग्लोबिन, क्यालसियम र फोसफोरसको जाँच गरेर र मिर्गौलाको हार्मोन उत्पादन सम्बन्धी जाँच गरेर । मिर्गौला रोगका कारण मधुमेह, उच्चरक्तचाप, पिसाब सम्बन्धी संक्रमण, दुखाई काम गर्ने औषधिको अधिकतम प्रयोग, अनावश्यक एन्टिबायोटिकको प्रयोग, पिसाब नलीको बनावटमा खराबी, वंशाणुगत रोग मिर्गौलामा पत्थरी आदि । मिर्गौला रोगका लक्षणहरु थकाई कमजोरी महसुस हुनु छाला चिलाउनु राति बढी पिसाब लाग्नु हातगोडा सुन्निनु महिनावारी गडबडी निदाउन कठिनाई पर्नु आँखा वारीपरि सुन्निनु मांशपेशीहरु वाउँडिनु कामवासनामा कमि आउनु रक्तअल्पता यी लक्षणहरु अन्य अवस्थामा पनि हुन सक्छन् । यस्ता स्वास्थ्य समस्या भएमा तुरुन्तै परिक्षण गराउनु पर्दछ ।

मिर्गौला खराब भएपछिका उपचार विधिहरु डायलासिस मिर्गौला प्रत्यारोपण जब मिर्गौलाले काम गर्न छोड्छ वा मिर्गौलामा समस्या देखा पर्छ ,यसले गर्ने सम्पूर्ण काममा असर पुग्छ। मृर्गौलाले काम गर्न छोड्नु भनेकै मिर्गौला फेल हुनु हो। दुवै मिर्गौला फेल भएको अवस्थामा दुई तरिकाले उपचार गर्नुपर्ने हुन्छ। मिर्गौला रोगीहरुले अपनाउनु पर्ने सावधानीहरु विभिन्न किसिमका रोगहरुबाट बच्च खोपहरु लगाउने। रक्तचाप नियन्त्रण गर्ने रगतमा चिनीमा मात्रा नियन्त्रणमा राख्ने। समुसचत खानपानमा ध्यान दिने प्रोटिन युक्त खाना कम खाने। धुम्रपानरमध्यपान नगर्ने नियमित रुपमा विज्ञहरुको सल्लाहमा काम गर्ने। चिकित्सकको सल्लाह विना औषधी सेवन नगर्ने।

मधुमेह र उच्च रक्तचापको लागि दिएको औषधी नियमित सेवन गर्ने। रोकथाम सकेसम्म रक्तचाप, पिसाब र रगतको बर्सेनि परीक्षण गर्नुपर्छ। यसो गर्दा मिर्गौला सम्बन्धी समस्या देखिएमा तत्काल चिकित्सकको परामर्श लिन सकिन्छ। प्रत्यक मानिसले वर्षमा एकपटक आफ्नो र आफ्नो परिवारहरुको स्वास्थ्य परिक्षण गराउनु पर्दछ । अनुशासित जीवन, सन्तुलित स्वास्थ्य आहार, नियमित व्यायाम, चिकित्सकको सल्लाअनुसार मात्र औषधी सेवन गर्ने बानी बसाल्नु पर्दछ । सकेसम्म रसायनिक मलखाद किटनाशक औषधी रहित साग सब्जी खानेकुरा खानेबानी बसाल्नुपर्छ । जाँड रक्सी,चुरोट,विडी सुर्तीजन्य अन्य पदार्थबाट टाढा रहने बानी बसाल्नु पर्छ । मिर्गौलालाई स्वस्थ राख्न स्वस्थ आहार र नियमित शारीरिक व्यायम गर्नुपर्छ। जथाभावी वा अनुमानका भरमा दुखाइ कम गर्ने औषधि वा एन्टिवायोटिकको प्रयोग गर्नु हुँदैन। हामी सबैले यस रोगबाट सचेत भई आफ्नो तथा आफ्नो परिवारको भविष्य सुरक्षित राखौँ।