• जेष्ठ ६ २०८३, बुधबार

टीकापुर जग्गा अनियमितता प्रकरण मुद्दा विशेष अदालत पुग्यो, २ सय ४९ जनालाई प्रतिवादी बनाइँदै

माघ २५ २०८०, बिहीबार

काठमाडौं । कैलालीको टीकापुरमा अनियमित रुपमा जग्गा वितरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा पेस गरेको छ ।

यो मुद्दामा २४९ जनालाई प्रतिवादी बनाइएको विशेष अदालत स्रोतले बताएको छ । ‘अख्तियारको टोलीले ल्याएको पत्र रुजु गर्ने क्रममा छौं । रुजु गर्ने काम सकिएपछि मुद्दा दर्ता हुन्छ,’ स्रोतले भन्यो ।’

टीकापुर बजार क्षेत्रको करिब ३० बिघा (६०० कट्ठा) सरकारी जग्गा नक्कली कागज बनाएर नेता, कार्यकर्ता र तिनका आफन्तले मिलेमतोमा हत्याएको भन्दै अख्तियारले छानबिन थालेको थियो ।

अनुसन्धानपछि अख्तियारले ७ बिघा जग्गा व्यक्तिको नाममा वितरण गरेको दाबीसहित मुद्दा पेस गरेको हो ।