• मंसिर १२ २०८१, बुधबार

ब्रोकाउली खाँदाका ९ फाइदा

माघ २५ २०८०, बिहीबार

१।प्रतिरक्षा शक्ति :ब्रोकाउलीको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ जसले गर्दा रोगहरुसँग लड्न र प्रतिरक्षा गर्न सक्छ ।

२। मधुमेहबाट जोगाउँछ :ब्रोकाउलीको नियमित सेवनले मधुमेहबाट पनि बचाउँछ । ब्रोकाउलीमा पाइने एन्टिअक्सिडेन्ट तथा फाइबरले रगतमा चिनीको मात्रा उचित राख्न सहयोग गर्छ । जसकारण मधुमेहको खतरा कम हुन्छ । यसमा पाइने क्रोमियमले मधुमेह हुनबाट रोक्छ ।

३।आँखालाई फाइदा :ब्रोकाउलीको सेवनले मोटाइब्स र मांसपेशी अन्धोपन जस्ता समस्याहरुबाट जोगाउन सहयोग गर्छ । बेटा केराटाइन नामक पोषक तत्वले गर्दा आँखामा मोतिविन्दु र मस्कुलर डिजेनरेसन हुनबाट पनि रोक्छ ।

४।छालाको हेरचाह :ब्रोकाउली छालाको लागि निकै राम्रो मानिन्छ । ब्रोकाउलीको सेवनले छालाको क्यान्सरको खतरा कम गर्छ र विकिरणहरुको प्रभाव घटाउँछ जसले गर्दा छाला डढ्ने समस्या घट्छ । यसमा पाइने सल्फोराफेन नामकोे तत्वले ब्रोकाउली शरिरमा रगड्दा छालाको क्यान्सरको जोखिम कम गर्छ ।

५। स्तन क्यान्सरबाट बचाउँछ: ब्रोकाउलीमा पाइने यौगिक सल्फोराफेनले स्तन क्यान्सरको कोसिकाहरु बढ्न कम गर्छ । स्तन क्यान्सरको प्रारम्भिक चरणमा यसको सेवनले निकै फाइदा पुर्‍याउँछ ।

६। उच्च रक्तचाप कम गर्छ :ब्रोकाउली भिटामिन सी र क्याल्सियमको राम्रो स्रोत हो । यसमा पाइने सल्फोराफेनले उच्च रक्तचापकम गर्छ । साथै मुटुको रोग कम गर्छ ।

७।फोक्सोलाई फाइदा :मानव शरिर तन्दुरुस्त राख्न फोक्सोले निकै महत्वपुर्ण भूमिका खेल्छ । ब्रोकाउलीको नियमित सेवनले संक्रमित तथा बिग्रेको फोक्सोलाई सजिलै स्वस्थ तथा तन्दुरुस्त बनाउन सक्छ । ब्रोकाउलीले फोक्सोमा भएको किटाणुहरुलाई बाहिर निकाल्ने काम गर्छ र फोक्सो सम्बन्धी विभिन्न रोगहरुबाट छुटकारा पाउन मद्दत गर्छ ।

८। हड्डी बलियो बनाउँछ :ब्रोकाउलीमा क्याल्सियम, फोस्फोरस, म्याग्नेसियम र जिंक पाइन्छ । जसले गर्दा शरिरको हड्डीलाई मजबुत बनाउँछ । यसमा पाइने भिटामिन सीले शरिरमा तन्तु तथा हड्डीको लागि चाहिने तत्व उत्पादनमा पनि सहयोग गर्छ ।

९। घाउ चाँडो निको पार्छ  : ब्रोकाउलीमा बायोएक्टिभ कम्पाउन्डले शरिरमा हुने संक्रमणलाई रोक्न सहयोग गर्छ । घाउहरु सुन्निन र संक्रमण हुन दिँदैन् र घाउ पनि चाँडो निको हुन्छ ।