इस्लामावाद । पाकिस्तानको बलोचिस्तान प्रान्तमा बम विष्फोट हुँदा कम्तिमा २० जनाको मृत्यु भएको छ । निर्वाचनको पूर्वसन्ध्यामा दुई स्थानमा बम विस्फोट हुँदा सर्वसाधारणको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
पहिलो बम विस्फोट स्वतन्त्र उम्मेदवार समेत रहेका इसफंदियार काकरको सम्पर्क कार्यालय बाहिर भएको थियो । उक्त बम विस्फोटमा १२ जनाको मृत्यु भएको छ । अर्को बम विस्फोट किल्लाह शेफ उल्लाह जिल्लामा भएको हो ।
जहाँ ८ जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् । घटनामा ३० जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।