• जेष्ठ ६ २०८३, बुधबार

बाँसबारी छाला तथा जुत्ता प्रकरणः अरुण चौधरीसहित तीन जना रिहा

माघ २४ २०८०, बुधबार

काठमाडौं । काठमाडौँ जिल्ला अदालतको आदेशबमोजिम नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सीजी ग्रुपका निर्देशक एवम् व्यापारी अरुण चौधरीसहित ३ जनालाई खोजेको बेलामा उपस्थित हुने गरी रिहा गरेको छ ।

सीआईबीले अरुण चौधरीलाई छोरा करण चौधरीको जिम्मा लगाएको छ। उता बाँसबारी छालाजुत्ता उद्योगको जग्गामा चौधरी ग्रुपले खोलेको चाँदबाग स्कुलका सञ्चालक सञ्जय ठाकुरलाई श्रीमती अनिता झाको जिम्मा लगाइएको छ ।

बाँसबारी छालाजुत्ता उद्योगका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापालाई पनि उनका छोराले जिम्मा लिएर गएका हुन् । बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा उनीहरूलाई सीआईबीले पक्राउ गरेको थियो ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले सोमबार दिएको आदेशअनुसार रिहा गरिएको हो । सीआईबीले पक्राउ गरे पनि स्वास्थ्यको कारण देखाउँदै अरुण र अजितलाई हिरासतमा नराखी ग्रान्डी अस्पतालमा राखिएको थियो । ठाकुर भने सीआईबीकै हिरासतमा थिए ।