कफी बढी पिउनाले शरीरमा पानीको मात्रा कम हुन जान्छ । शरीरमा पानी कम भयो भने कब्जियत बढ्छ । चिनी केक, मिठाई, कुकिजजस्ता चिनी बढी हुने खानाले कब्जियत बढाउने गर्छन् । यस्ता खानामा फाइबर अत्यन्तै कम हुन्छ । यसले पाचन क्रियालाई बिगार्छ र कब्जियत बढाउँछ । मैदा मैदाबाट बनेको चाउचाउ, चाउमिन, पाउरोटी, पिज्जा, बर्गर आदि कब्जियत भएकाहरूले नखानु नै जाती हुन्छ ।
कब्जियत भएको मानिसले बढी मात्रामा दुध पिएमा पाचन प्रक्रिया कमजोर बन्न पुग्छ । साथै, दूधमा पाइने ल्याक्टोजले पेटमा ग्यास उत्पन्न गराउँछ ।
दूधमा जस्तै चिजमा पनि फ्याट र ल्याक्टोजको मात्रा बढी हुन्छ । यसले पेटमा ग्यास फर्मेसन हुनुका साथै कब्जियत बढ्छ । कब्जियतको समस्या भएकाले चिज नखाँदा राम्रो ।
रातो मासुमा एउटा भिन्न प्रकारको प्रोटिन फाइबर पाइन्छ, जसलाई पचाउन पेटले धेरै समय र ऊर्जा खर्चिनुपर्छ । यसले कब्जियत बढाउँछ ।
तारेको खानामा फ्याट बढी पाइने भएकाले पच्न अप्ठेरो हुन्छ । फ्रेन्च फ्राई, चिकन फ्राई, आलु चप, ब्रेड चपलगायत तारेको खानामा फाइबर कम हुन्छ । कब्जियत भएकाहरूले यस्ता खाना भरिसक्के खानु हुँदैन ।