काठमाडौं । नेपाल वायुसेवा निगमले २ वटा न्यारोबडी जहाज भाडामा लिन ग्लोबल टेन्डर आब्हान गरेको छ ।
निगमले मंगलबार टेन्डरको सूचना जारी गर्दै २२ मार्च भित्र प्रस्ताव माग गरेको हो । संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले २ वटा न्यारोबडीको लागि सूचना जारी गरेको बताएका छन् ।
टेन्डरको सूचना अनुसार जहाज उत्पादक कम्पनी, वायुसेवा सञ्चालक, जहाज भाडामा दिने कम्पनीले टेन्डरमा भाग लिन पाउने छन् ।