• जेष्ठ ६ २०८३, बुधबार

विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दको राजीनामा फिर्ता

माघ २२ २०८०, सोमबार

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दको राजीनामा फिर्ता भएको छ ।

राजीनामा रीतपूर्वक नभएको भन्दै फिर्ता गरिएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए । चन्दले शुक्रबार राजीनामा दिएका थिए ।

विमानस्थलमा कार्यरत प्रहरीले अध्यागमनका कर्मचारीमाथि हातपात गरेपछि बनाइएको छानबिन समितिले  प्रहरीलाई दोषी देखाएपछि असन्तुष्ट बनेका चन्दले राजीनामा दिएका थिए । उनलाई १० दिन बिदा दिइएको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले जानकारी दियो ।