काठमाडौं । माल्दिभ्सको संसद्मा सांसदहरूबीच झडप भएको छ । आइतबार संसद्को बैठकस्थलमा उनीहरूबीच झगडा भएको हो ।
उनीहरूले एकार्कालाई मुक्का र लात्ती प्रहार र झगडा गरिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ भएको छ ।
आइतबार त्यहाँ राष्ट्रपति मोहम्मद मुइज्जुको सरकारका मन्त्रीको संसदीय अनुमोदन गर्ने कार्यक्रम तय थियो ।
पिपुल्स नेसनल कांग्रेस (पीएनसी) र प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम)को सत्ता गठबन्धन र विपक्षी दल माल्दिभियन डेमोर्क्याटिक पार्टी (एमडीपी)का सांसदबीच झडप भएको बताइएको छ ।