काठमाडौं । संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले गत अक्टोबर ७ मा इजरायलमाथि हमासको आक्रमणमा कर्मचारीको संलग्नता रहेको आरोप लागेपछि दातृ राष्ट्रहरूलाई प्यालेस्टिनी शरणार्थी निकाय (यूएनआरडब्लुए) को ‘निरन्तरताको ग्यारेन्टी’ दिन आग्रह गरेका छन्।
गुटेर्रेसले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘मैले उहाँहरूको चिन्ता बुझेको छु। म आफैं यी आरोपहरूप्रति चिन्तित भएको छु । मैले यूएनआरडब्ल्यूएको सहयोगको निरन्तरताको सुनिश्चित गर्न आफ्नो योगदान स्थगित गरेका सरकारहरूलाई जोडदार अपील गर्दछु।’
इजरायलले हमासको आक्रमणमा युएनआरडब्लुएका कैयौं कर्मचारीको संलग्नता रहेको आरोप लगाउँदै आएको छ, जसका कारण केही प्रमुख दातृ राष्ट्रहरूले आफ्नो आर्थिक सहायता रोकेका छन्।