• बैशाख १० २०८२, बुधबार

बेलायतले घानाबाट लुटेर ल्याएको मुकुट फिर्ता गर्ने

माघ ११ २०८०, बिहीबार

काठमाडौं । बेलायतले घानास्थित असान्ते राजाको दरबारबाट लुटेर ल्याएका मुकुट फिर्ता पठाउने भएको छ ।

बेलायतले लुटेको १५० वर्षपछि विभिन्न ३२ वस्तुहरू दीर्घकालीन ऋण सम्झौताअन्तर्गत फिर्ता गर्न लागेको हो । भिक्टोरिया र अल्बर्ट संग्रहालय १७ र ब्रिटिस संग्रहालयबाट १५ वस्तु फिर्ता बेलायतले फिर्ता गर्न लागेको हो ।

यो सम्झौतामा घानाका मुख्य वार्ताकारले वर्षौंको आक्रोशपछि सांस्कृतिक सहकार्यको नयाँ भाव उत्पन्न भएको बताएका छन् ।

बेलायती संग्राहलयका कानुनले त्यहाँ राखिएका वस्तुहरू स्थायीरूपमा फिर्ता दिन प्रतिबन्ध गरेका छन् ।

भिक्टोरिया र अल्बर्ट संग्रहालयले फिर्ता गरेको अधिकांश वस्तुहरू बेलायतको क्राउन ज्वेल्सको रेखदेख गर्ने लन्डनका ज्वेलर्स गारार्ड्समा सन् १८७४ को १८ अप्रिलमा लिलामीमा खरिद गरिएका थिए ।