काठमाडौं । बौद्ध जागरण संघको पहलमा काभ्रे पनाैतीको बौद्ध बिहारमा धर्म गुरु दोस्रो औतारी ल्होडुइ राप्सेल रिम्पोछेको उपस्थितिमा एक दिने शिक्षा दिक्षा वाङ लुङ कार्यक्रम सम्पन्न भएको छ ।
गत शनिबार भएको कार्यक्रममा विभिन्न ठाउँबाट आएका लामा गुरुहरुबाट भद्रचर्य पाठ पूजामा सहभागिता रहेको थियो । च्यासलबाट नाम संगिती पाठ पूजा गरिएको थियो । वाङ लुङ कार्यक्रममा १ हजार भक्तजनहरुले गुरुबाट वाङ अभिशेष लिएर दर्शन गरेको आयोजकले जनाएको छ । साथै ९३ जना भक्तजनहरुले तपचे शरण गमन लिएर बौद्ध धर्ममा प्रवेश गरेका थिए ।
नुछ्छे मानन्धरको सभापतित्वमा भएको सो कार्यक्रममा प्रमुख अतिथि पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, विशेष अतिथिमा ७ नं वडाध्यक्ष सबिन ताम्राकार थिए ।