• बैशाख १० २०८२, बुधबार

अमेरिकाद्वारा यमनमा हुथीविरुद्धको आक्रमण जारी

माघ ६ २०८०, शनिबार

काठमाडौं । संयुक्त राज्य अमेरिकाले शुक्रबार यमनमा हुथीविरुद्ध आफ्नो हमला जारी राखेको छ।

नेशनल सेक्युरिटी काउन्सिलका रणनीतिक सञ्चारका संयोजक जोन किर्बीले ह्वाइट हाउसको दैनिक प्रेस ब्रिफिङमा शुक्रवार अमेरिकी सेनाले हुथीहरूविरुद्ध आक्रमण जारी राखेको बताए।

उनले अमेरिकी सेनाले यमनमा हुथी लक्ष्यहरूविरुद्ध तीन सफल आत्म–रक्षा हमलाहरू गरेको बताए। हमलाहरू लाल सागर, बाब–एल–मन्डेब, साथै एडेनको खाडी हुँदै पारगमन गर्ने जहाजहरू – नागरिक र सैन्य दुवै जहाजहरूमा आफ्ना आक्रमणहरू जारी राख्न हुथीहरूको क्षमतालाई कमजोर पार्ने उद्देश्यले भएको बताएको छ।