• बैशाख १० २०८२, बुधबार

भारतको मणिपुरमा फेरि हिंसा सुरु, ५ सर्वसाधरण र ३ सैनिक मारिए

माघ ५ २०८०, शुक्रबार

काठमाडौं । भारतको मणिपुर राज्यमा फेरि हिंसा सुरु भएको छ । बिहीबार र बुधबार राति भएका हिंसामा ५ सर्वसाधारण र ३ सैनिकको मृत्यु भएको छ ।

त्यसको एक दिनअघि बुधबार बिहान टेङ्नौपालमा ‘सशस्त्र चरमपन्थी’ले गरेको आक्रमणमा दुई प्रहरीको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए ।

दुई दिनको हिंसामा सात जनाको मृत्यु भएको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।