• बैशाख १० २०८२, बुधबार

पाकिस्तानले इरानबाट राजदूत फिर्ता बोलायो

माघ ४ २०८०, बिहीबार

काठमाडौं । पाकिस्तानी विदेश मन्त्रालयले देशले इरानबाट आफ्नो राजदुत फिर्ता बोलाउने निर्णय गरेको छ ।

इरानद्वारा पाकिस्तानको सार्वभौमसत्ताको अवास्तविक र स्पष्ट उल्लङ्घन अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्र संघको बडापत्रको उद्देश्य र सिद्धान्तहरूको उल्लङ्घन भएको भन्दै आफ्नो राजदूत फिर्ता बोलाएको बताएको हो ।

पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता यसअघि मंगलबार इरानले पाकिस्तानको हवाई क्षेत्रको उल्लङ्घन गर्दै मिसाइल आक्रमण गरेका कारण दुई पाकिस्तानी बालबालिकाको मृत्यु भएको र तीन बालिका घाइते भएको बताएको थियो ।

पाकिस्तानमा रहेको जैश अल–जुल्म आतंकवादी समूहका दुई महत्वपूर्ण अड्डाहरू मिसाइल र ड्रोन हमलामा ध्वस्त भएका छन् ।