• बैशाख १० २०८२, बुधबार

इजरायली आक्रमणमा २५ जना प्यालेस्टिनीको मृत्यु

माघ ४ २०८०, बिहीबार

गाजा । इजरायलले गाजा शहरमा गरेको हवाई आक्रमणमा परी कम्तीमा २५ प्यालेस्टिनीको मृत्यु भएको छ ।

इजरायली बम विष्फोटमा परेको गाजा शहरको दराज नजिकैको भग्नावशेषबाट बुधबार २५ जनाको शव निकालिएको प्रतिवेदनले जनाएको छ । थप दर्जनौं घाइते भएका छन् ।

गाजास्थित स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा इजरायली फायरबाट गाजा पट्टीमा १६३ प्यालेस्टाइनीको मृत्यु भएको र ३५० जना घाइते भएको बताएको छ ।

यससँगै स्ट्रिपमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुने संख्या २४ हजार ४४८ र घाइतेहरूको संख्या ६१ हजार ५०४ पुगेको छ ।