• बैशाख १० २०८२, बुधबार

उत्तर कोरियाले अमेरिकी धम्किको जवाफ क्षेप्यास्त्रले दियो

माघ १ २०८०, सोमबार

पोङयाङ । उत्तर कोरियाले हाइपरसोनिक युद्ध अभ्यासयुक्त नयाँ ब्यालेस्टिक क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको बताएको छ ।

उक्त परीक्षण दक्षिण कोरियाली र अमेरिकी लक्ष्यहरूलाई धम्की दिनका लागि उन्नत हतियारको खोजीमा पछिल्लो सफल भएको उत्तर कोरियाको भनाइ छ । प्योङयाङको यस वर्षको पहिलो ज्ञात हतियार परीक्षण र ठोस–इन्धन हाइपरसोनिक मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्रको पहिलो परीक्षण सोलको सेनाले आइतबार दिउँसो पत्ता लगाएको थियो ।

आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सीको संक्षिप्त रिपोर्टले ठोस–इन्धन आइबिआरएमबी हाइपरसोनिक युद्धाभ्यास नियन्त्रित वारहेडयुक्त भएको बताएको छ ।

परीक्षणको उद्देश्य हतियारको ‘ग्लाइडिङ र कौशलता विशेषताहरू’ तथा ‘नयाँ विकसित बहुचरण उच्च थ्रस्ट ठोस–इन्धन इन्जिनको विश्वसनीयता’ लाई प्रमाणित गर्नका लागि भएको केसिएनएले बताएको छ ।