• जेष्ठ ८ २०८३, शुक्रबार

एनसेलविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

मंसिर २६ २०८०, मंगलवार

काठमाडौँ । एनसेल अजियाटाविरुद्ध सांसद डा.अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ ।
सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर

राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिद–बिक्री भएको दाबी गरेका छन् । उनले सेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन पनि माग गरेका छन् ।

शुक्रबार दायर उक्त रिट निवेदनमाथि सुनुवाइका लागि आइतबार र सोमबार दुबै दिन पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।