• जेष्ठ ८ २०८३, शुक्रबार

भूकम्पबाट भएको क्षतिको विवरण पाँच दिनभित्र बुझाउन निर्देशन

मंसिर ६ २०८०, बुधबार

काठमाडौँ । जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पूर्ण विवरण पाँच दिनभित्र बुझाउन स्थानीय तहलाई निर्देशन दिएको छ ।

प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको अध्यक्षतामा मंगलबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले जिल्लामा भूकम्पबाट भएका क्षतिको विवरण बुझाउन निर्देशन दिएको हो ।

बस्न मिल्ने र नमिल्ने घरको वर्गीकरण गरेर स्थानीय तहको विपद् व्यवस्थापन समितिबाट निर्णय गराई विपद् व्यवस्थापन समितिमा सिफारिस गर्न बैठकले निर्देश गरेको दैलेखका प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले बताए ।

विपद् व्यवस्थापन समितिको बैठकमा यसअघि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकका निर्णय कार्यान्वयनका विषयमा छलफल गरिएको थियो । बैठकमा विपद्को पूर्वतयारी, हेलिप्याडको व्यवस्थापन, सडकको स्तरोन्नति, स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनुपर्ने विषयमा छलफल भएको थियो ।