• मंसिर ११ २०८१, मंगलवार

यी रमाइला क्षण

मंसिर १ २०८०, शुक्रबार

यी रमाइला क्षण,
मस्तिष्कका कुना काप्चाहरूमा ।।१।।

वरिपरि रङ्गिन दृश्य निहालिएका क्षण,
मस्तिष्कका खाली परिणतिहरूमा ।।२।।

मस्तिष्कमा सजीव दृष्य रहिरहेछन्,
सपनाहरू ती मस्तिष्कहरूमा कुरिरहेछन् ।।३।।

एकाबिहानै मस्तिष्कमै झस्किन्छन्,
अनेक त्याग र प्रभावले सशङ्कित रहन्छन् ।।४।।

अन्धकारका क्षणका मस्तिष्क,
झस्किरहेछन् ती सबै मस्तिष्कहरूमा ।।५।।

जीवन खुसीमा मिठास लाग्दो बन्छ,
उराठ लागेमा आशा बन्दैन ।।६।।

सुखमा मिठास लोप हुन्छ,
जीवन सम्हालेमा मिठास जीन्दगी बन्दछ ।।७)।।

जीवन आफै तालमा बसिरहन्छ,
सुखमा मायाले छोप्दछ ।।८।।

माया कहिलेकहिँका दाग बन्दछ,
रोदनपश्चात् खुसीले छोप्दछ ।।९।।

जन्स्थान : वीरगञ्ज (हाल कोपुण्डोल, काठमाडौं)