• जेष्ठ ९ २०८३, शनिबार

पाल्पाको रानीवन नजिकै दुर्घटना, पाँच जना घाइते

कार्तिक ६ २०८०, सोमबार

 

काठमाडौँ । पाल्पाको रम्भा–४ रानीवन नजिकै भ्यान दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

आज बिहान आर्यभञ्ज्याङ–रामपुर सडकखण्ड हुँदै वीरकोट जाँदै गरेको लु १ ज ३९८३ नम्बरको भ्यान रानीवन नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

घाइते हुनेमा रम्भा–४, रमाइडाँडाका २३ वर्षीय कृष्ण सारू, सोही स्थानका २७ वर्षीय नरेन्द्र दर्लामी, २२ वर्षीय दिलबहादुर कवरमगर, १९ वर्षीय मोहनसिंह दर्लामी र १८ वर्षका सुरेश सारू छन् । उनीहरूको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ भने एक जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।