• फाल्गुन २८ २०८१, बुधबार

टोखा नपा-९ को कार्यालयमा भैरवको मूर्ती स्थापना गरियो

असार ३० २०८०, शनिबार

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाको वडा नम्बर ९ को कार्यालयमा भैरवको मूर्ती स्थापना गरिएको छ । गोंगबुँ भैरव मूर्ती निर्माण समितिका अध्यक्ष रत्नप्रसाद अनामणि श्रेष्ठको अध्यक्षता र टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यतामा मूर्ती स्थापना कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा समितिका उपाध्यक्ष पूणर्मान मानन्धर र उपस्थित टोलबासीले मूर्तीमा पूजाआजा गर्नुभयो । सो मूर्ती सितापाइलाबाट निर्माण गरि ल्याइएको हो ।