• मंसिर १७ २०८१, सोमबार

यसरी लोप हुँदैछन् ठूल्ठूला ताल

जेष्ठ १८ २०८०, बिहीबार

इरानको उर्मिया ताल सुकेपछि मानिसले वैश्विक तापमानका बारेमा अनुमान गर्ने अवस्थाको अन्त्य हुन गएको छ । वैश्विक तापमानमा वृद्धि अब यथार्थ भइसकेको छ ।

विश्वको दोस्रो ठूलो ताल अब सुकिसकेको छ । यसको ९० प्रतिशत पानी हराइसकेको छ । नुनिलो तालको रूपमा परिचित यो ताल अहिले वैराग्य जन्माउने स्रोतका रूपमा एक दृष्टान्त बनिसकेको छ ।

संसारका पर्यटकलाई मनोरञ्जन दिने यो ताल अब हराइसकेको छ । यसमा बाँकी रहेको जम्मा १० प्रतिशत पानी अहिले नगन्य अवस्थामा छ । सन् १९९८ देखि तीब्र गतिमा सुक्न थालेको यो ताल अबका दिनमा आशा मार्ने अवस्थामा पुगिसकेको छ ।

त्यसो त विश्वका आधाभन्दा बढी तालतलैया गएका तीन दशकमा निकै तीब्र गतिमा सुक्दै गइरहेका छन् । अहिले यी तालका वरिपरि रहेर जीविकोपार्जन गरिरहेका मानिस विस्थापित भई निकै कष्टकर जीवन व्यतित गरिरहेका छन् ।

त्यति मात्र होइन, यी तालबाट हुने सिंचाइ र खानेपानीको आपूर्ति अहिले असंभव हुँदै गइरहेको छ । यस्ता तालका वरपरका क्षेत्र सुख्खा अवस्थामा छन् । त्यहाँ खेतीपातीको अहिले परिकलपना नै गर्न सकिदैन ।

यसले बसाइसराइमा निकै तिब्रता ल्याएको छ । पारिस्थितिकीय प्रणालीमा त झन् निकै ह्रास ल्याएको छ । पहिले स्थायी जलाधारका क्षेत्रका रूपमा गणना गरिने यी एरिया अहिले आएर मरूभूमिमा परिणत भएका छन् ।

तालको स्रोत भएर बहने मूल तथा नदीहरू अहिले सुकिसकेका छन् । धेरै तालमा पानीको लेबल निकै कम हुँदै गएको र प्रतिदिन सुकिरहेको छ । अहिले हिमाली तथा ध्रुवीय क्षेत्रबाहेकका पृथ्वीका कूल ९६ प्रतिशत ताल लोपोन्मुख अवस्थाम छन् ।

यसले ८३ प्रतिशत पानीको स्रोतमा सङ्कट खडा गरेको छ । यसमा वैश्विक तापमानले त काम गरेको छ नै, त्यसमा पनि मानिसको बढ्दो जनसंख्या र अनावश्यक पानीको दोहन र उपभोगले पनि काम गरिरहेको छ ।