• मंसिर १२ २०८१, बुधबार

अथार मगरात कलाकारद्वारा स्थापना गरिने अक्षयकोषको उद्घाटन संस्कृति मन्त्री किरातीले गर्ने

जेष्ठ १८ २०८०, बिहीबार

काठमाडौं । अथार मगरात कलाकार संघको आयोजनामा यही जेठ २० गते शनिबार ‘अक्षय कोष समुद्घाटन, सम्मान तथा मौलिक साँस्कृतिक कार्यक्रम-२०८०’ हुने भएको छ ।

कार्यक्रम राष्ट्रिय गुरुङ परिषद नयाँ बसपार्क काठमाडौंको हल हुने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किरातीको प्रमुख आतिथ्यतामा हुनेछ । कलाकारहरुलाई आइपर्ने समस्या, भईपरि आउने विपद, मौलिक कला संस्कृतिको संरक्षण तथा कलाकारहरुको हकहितको निम्ति स्थापना हुन थालेको अक्षय कोषको समुद्घटन संस्कती मन्त्री किरातीले गर्नेछन् ।

साथै कार्यक्रममा अथार मगरात क्षेत्रबाट विभिन्न सरकारी क्षेत्रमा कार्यरत शाखा अधिकृतदेखि माथिका निजामती कर्मचारीहरु, मगर समुदायको लोककला संस्कृति, मौलिक पहिचान र भेषभुषालाई उत्थान र प्रवर्धन गर्ने अग्रज कलाकार तथा श्रष्टाहरु लगायत प्रतिनिधि सभा सदस्यमा अथार मगरात क्षेत्रबाट प्रतिनिधित्व गरि विजयी सांसद तथा पूर्वसांसदहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको अथार कलाकार संघका अध्यक्ष किरणबाबु पुनले जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय स्तरमा ख्यातीप्राप्त कलाकारहरुद्वारा मौलिक गीत तथा नृत्य समेत प्रस्तुत गरिनेछ । अथार मगरात कलाकार संघले विभिन्न क्षेत्रमा समाज सेवा, वृहत मौलिक साँस्कृतिक कार्यक्रम गर्नेदेखि मगर समुदाय भित्रका कलाकारहरुको लागि आवाज बुलन्द गर्ने काम विगतदेखि नै गर्दै आइरहेको छ ।

यहि अवसरमा संघका अध्यक्ष किरणबाबु पुनले कलाकार, पत्रकार, बुद्धिजीवी, व्यापारी, राजनीतिज्ञ, समाजसेवी लगायत सम्पूणर् दर्शक श्रोतालाई उपस्थितिको लागी अपिल गरेका छन् ।