धर्म तथा न्यायका प्रतिक शनिदेवको आज पूजा गर्नु अत्ति उत्तम मानिन्छ । शनिदेवको दृष्टिबाट बच्न शनिबार शनिदेवको विशेष पूजा गरिन्छ ।
सूर्यपुत्र शनिले संसारमा रहेका हरेक जीवजन्तु तथा मानिसमा सन्तुलन कायम गर्छन् भन्ने मान्यता रहँदै आएको छ ।
शनिदेव पापीहरुका लागि निकै कष्टकारक छन् तर, इमानदारहरुलाई यो ग्रहले निकै सफलता दिने गर्दछ । सुख–सम्पत्ति, वैभव र मोक्ष दिने विश्वास गरिन्छ ।
शनिबार शनिदेवको पूजा गर्नेहरूले विशेषगरी कालो रङको वस्त्र लगाउनु अनिवार्य हुन्छ । अनि कालै रंगको वस्त्र तथा फलाम कुनै गरीबलाई या शनिदेवलाई चढाउनु पर्दछ । यो दिन पीपललाई पानी चढाउँदा शनिदेव खुसी हुन्छन् भन्ने मान्यता छ ।
तोरीको तेल पनि शनिदेवलाई अनिवार्य चढाउनु या कोही गरिबलाई दिनु पर्दछ । शनिदेवलाई तल चढाउँदा एक थोपा पनि कतै नझारी चढाउनु पर्दछ ।
शनिदेवलाई कालो तील पनि असाध्यै मनपर्छ, त्यसैले कालो तील र सख्खर कमिलाहरुलाई खुवाउनु पर्दछ या शनिदेवको मन्दिरमा चढाउनु पर्दछ ।