• मंसिर १२ २०८१, बुधबार

जब शाहरुखले प्रियंकालाई म सँग विहे गर्छौ भने…

फाल्गुन २२ २०७९, सोमबार

काठमाडौं । शाहरुख र प्रियंकाको एउटा पुरानो भिडियो यतिबेला चर्चामा छ। यो अवार्ड समारोहको पुरानो भिडियो हो। जसमा शाहरुख खानले प्रियंका चोपडालाई गीत गाउँदै भन्छन्, ‘मुझसे शादी करोगी?’

खानले प्रियंका चोपडाको गायन क्षमताको बारेमा थप्दै भने, ‘सबैलाई थाहा छ तिमी अद्भूत गायिका हौ। तिमीलाई दिन मसँग पैसा छैन, तर के म तिमीलाई केही सोध्न चाहन्छु र म यो प्रश्नको जवाफ गीतमा चाहन्छु।’

यसपछि शाहरुख खानले अङ्ग्रेजीमा एउटा गीत गाउँछन् र प्रियंका चोपडालाई भन्छन्, ‘मुझसे शादी करोगी?’

अभिनेताको प्रश्न सुनेर प्रियंका मुस्कुराउन थाल्छिन् र मौन हुन्छिन्। त्यसपछि उनी भन्छिन्, ‘यस प्रश्नको जवाफ गीतमा होइन शब्दमा पनि छैन।’ शाहरुख भन्छन्, ‘मलाई लाग्दैन कि तिमीलाई यसमा लाज मान्नुपर्छ।’

जवाफमा प्रियंकाले भनिन्, ‘मैले टेलिभिजनमा यसो भन्नु गलत हुन सक्छ।’

अहिले दुवैजना सँगै देखिएका छैनन् र न त कुनै प्रोजेक्टमा सँगै काम गरिरहेका छन्। शाहरुख गत महिना रिलिज भएको फिल्म ‘पठान’ को सफलतामा रमाइरहेका छन्, प्रियंका चोपडा हलिउड प्रोजेक्टमा व्यस्त छिन्।