• जेष्ठ ९ २०८३, शनिबार

प्रतिनिधि सभा बैठक बस्दै,शोक प्रस्ताव पारित गर्ने

फाल्गुन १५ २०७९, सोमबार

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज सोमबार बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकमा जसपा सांसद शहनाज रहमानको निधनमा शोक प्रस्ताव प्रस्तुत हुनेछ ।

शहनाजको गत शनिबार भक्तपुरको मध्यपुर अस्पतालमा निधन भएको थियो । उनको निधनमा सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यसैबीच आजै दिउँसो साढे १२ बजे राष्ट्रिय सभाको बैठक पनि बस्दै छ ।