काठमाडौं । तेस्रो स्थानका लागि भएको क्रोएसिया र मोरक्को बीचको खेलमा रोमाञ्चक सुरुवात भएको छ । खेलको सुरुवातमा नै दुई टोलीले एक-एक गोल गर्न सफल भएका हुन् ।
सातौँ मिनेटमा जोस्को जिभार्डिओलले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएको दुई मिनेट पछि नै मोरक्कोका असरफ दारीले बराबरी गोल फर्काएका हुन् ।
मोरक्कोले पहिलोपटक सेमिफाइनल यात्रा गर्दै फ्रान्ससँग पराजित हुँदै तेस्रो स्थानका लागि भिड्न लागेको हो भने गत विश्वकपको फाइनलिस्ट क्रोएसियाले यसअघि सन् १९९८ मा तेस्रो स्थान हात पारेको थियो ।