• मंसिर ७ २०८१, शुक्रबार

चाडपर्वको बेला रक्सी धेरै पिउने बानी छ ? हेर्नुहोस् रक्सीबाट हुने बेफाइदाहरु

कार्तिक १० २०७९, बिहीबार

चाडपर्वको बेला रक्सी धेरै पिउने बानी छ ? हेर्नुहोस् रक्सीबाट हुने बेफाइदाहरु

१) धेरै मात्रामा पिएको खण्डमा अथवा पिउन नहुनेहरुले थोरैमात्रामा मात्र पनि पिएको खण्डमा रक्सीबाट मुटुलाई बेफाइदा पुग्न सक्छ । यसको रक्तचापलाई बढाउँछ, मस्तिष्कघात (स्ट्रोक, प्यारालाइसिस) गराउँछ, मुटु सुन्निने र राम्रोसँग पम्प गर्न नसक्ने अवस्था उत्पन्न हुन्छ ।यसैगरी मुटुको धड्कनमा गडबडी उत्पन्न भई हार्टफेल हुन सक्छ । गर्भवती महिलाले रक्सी पिएको खण्डमा विकृत मुटु भएको बच्चा जन्मन सक्छ । साथै रगतमा यूरिक एसिड र ट्राईग्लाइसेराइड बढाउँछ ।

२)रक्सीले आन्द्राको क्यान्सर र महिलाहरुमा स्तनको क्यान्सर हुने संभावना बढाउँछ । रक्सीको सेवनबाट मुटुलाई केही फाईदा हुने कुरा वैज्ञानिकहरुले प्रमाणित गरिदिएको हुनाले के मुटु रोगबाट बच्न सबैलाई रक्सी सेवन गर्ने सल्लाह दिनु उचित होला त ? अवश्य पनि उचित होईन ।

३)अत्यधिक मदिरा सेवन गर्ने मानिसमा मुखको क्यान्सर भएको अनुसन्धानले पत्ता लगाएको छ । अमेरिकामा अल्कोहल सेवन गर्ने, नगर्ने र कम मात्रामा गर्ने १० हजार जनामा अनुसन्धान गरिएको थियो । नियमित अल्कोहल पिउने मानिसमा क्यान्सर, हृदयाघात, मस्तिष्क, कलेजो, पाचन प्रणालीसम्बन्धी रोगको जोखिम हुन्छ । अनुसन्धानले रक्सी खाने मानिसमा मुख क्यान्सरको सम्भावना अत्याधिक हुने पत्ता लगाएको छ ।