काठमाडौं । इटहरीमा जेठानले ज्वाइँको हत्या गरेका छन् । शनिबार इटहरीको मुख्य चोक नजिकै रहेको नेसनल गल्लीमा खुकुरी प्रहार गरी राजकुमार भुजेलले सफारी चालक इटहरी ५ का ३८ वर्षीय भुवने चौधरीको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । भुजेल र चौधरीबीच जेठान, ज्वाइँको सम्बन्ध रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
सोमबार इलाका प्रहरी कार्यालय इटहरीमा पत्रकार सम्मेलन गर्दै प्रहरीले घटनामा संलग्न भुजेलसहित दुई जनालाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) प्रभुप्रसाद ढकालका अनुसार शनिबार साँझ साढे ६ बजेको समयमा इटहरीको नेसनल गल्लीमा खुकरी प्रहार गरी चौधरीको हत्या भएको थियो ।