• बैशाख २७ २०८३, आईतवार

बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै, जसपाको मन्त्रीबारे निर्णय हुने

आश्विन २५ २०७९, मंगलवार

काठमाडौं । प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारी मनोयनपछि मंगलबार सत्ता गठबन्धनको बैठक बस्न लागेको छ ।

बैठक दिउँसो एक बजे बालुवाटारमा बस्नेगरि बोलाइएको छ। बैठकमा जसपाका मन्त्रीहरु हटाउने विषयसहित उम्मेदवारी मनोयनको पनि समीक्षा हुने जनाइएको छ। जसपाले पछिल्लो समय एमालेसँग चुनावी गठबन्धन गरेपछि मन्त्री हटाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकको आयोजना गरेका हुन् ।