• बैशाख २७ २०८३, आईतवार

सामाजिक सञ्जालबाट चुनावी प्रचारप्रसार गर्ने उम्मेदवारलाई आयोगको यस्तो निर्देशन

आश्विन २५ २०७९, मंगलवार

काठमाडौँ । सामाजिक सञ्जालबाट चुनावी प्रचारप्रसार गर्ने उम्मेदवारले खर्च विवरण पेश गर्नुपर्ने भएको छ ।
फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालबाट चुनावी प्रचारप्रसारका सामग्री (विज्ञापन) राखेमा त्यसमा लागेको खर्च विवरणसमेत निर्वाचन आयोगमा बुझाउनुपर्ने भएको हो।

निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालकोसमेत प्रयोग गरी चुनावी प्रचार गर्न थालिएको देखिएकोले यस्तो खर्चको विवरण राख्न राजनीतिक दलहरू र उम्मेदवारहरूलाई आग्रह गरिएको उल्लेख गरेको छ।

दल वा उम्मेदवारले सामाजिक सञ्जाल प्रयोग गरी गरेको प्रचार (विज्ञापन)लाई निर्वाचन खर्चमा समावेश गर्नुपर्ने भएको हो। सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि कानुनबमोजिम पेश गर्ने निर्वाचन खर्च विवरणमा समावेश गरे वा नगरेको अनुगमन र परीक्षणसमेत गरिने आयोगले जनाएको छ।