• जेष्ठ ४ २०८३, सोमबार

सर्पले डसेर वालिङका १ जनाको ज्यान गयो

आश्विन २४ २०७९, सोमबार

काठमाडौं। सर्पले डसेर स्याङ्जाको वालिङ नगरपालिकाका एक जना पुरुषको ज्यान गएको छ ।

सर्पले डसेपछि उपचारका लागि गह्रौँ प्राथमिक अस्पताल ल्याइएका वालिङ–८ बोगटीडाँडाका ४२ वर्षीय तिलबहादुर खाँणको ज्यान गएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) ढकेन्द्र खतिवडाले जानकारी दिए । गए राति सर्पले डसेपछि खाँणलाई उपचारका लागि अस्पताल ल्याइएको थियो । उनको आज सोमबार बिहान ४ बजे ज्यान गएको हो ।

खाँणको बायाँ हातका दुई ठाउँमा सर्पले डसेको थियो । सर्प करेत जातसँग मिल्दोजुल्दो भएको प्रहरीको भनाइ छ । आफन्तले बिरामीसँगै सर्प पनि मारेर अस्पताल पुर्‍याएका थिए ।