• बैशाख २७ २०८३, आईतवार

घनश्याम भुसालले सत्तारुढ गठबन्धनको समर्थनमा रुपन्देही–१ बाट दिए उम्मेदवारी

आश्विन २३ २०७९, आईतवार

काठमाडौं ।काप्रतिनिधिसभा निर्वाचन अन्तर्गत रुपन्देही क्षेत्र नं। १ मा सत्तारुढ गठबन्धनको समर्थनमा घनश्याम भुसालले मनोनयन दर्ता गराएका छन् । एमालेले टिकट नदिएपछि भुसालले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन् । उनलाई सत्तारुढ गठबन्धनले समर्थन गर्ने भएको छ । भुसालले शनिबारमात्र एमाले परित्यागको घोषणा गरेका थिए ।

संविधानको रक्षा गर्दै समुन्नत नेपालको भविष्यका लागि प्रगतिशील पार्टीहरू एकताबद्ध हुनुपर्ने उनले बताए ।

प्रदेशसभातर्फ क्षेत्र नं १ (क) मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विश्वनाथ यादव र (ख) बाट अब्दुल रज्जाकले मनोनयन दर्ता गराएका छन् ।