• बैशाख २७ २०८३, आईतवार

बाबुराम र नारायणकाजीलाई दायाँ-बायाँ राखेर प्रचण्डले दर्ता गराए उम्मेदवारी

आश्विन २३ २०७९, आईतवार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको उम्मेदवारी दर्ता गराएका छन् ।

उनले उम्मेदवारी दर्ता गर्दा पूर्वप्रतिस्पर्धीहरु बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलाई दायाँ–बाँया राखेर उम्मेदवारी दर्ता गराएका हुन्।

२०७४मा भट्टराईले श्रेष्ठलाई पराजित गरेका थिए । अघिल्लो पटक चितवनवाट उम्मेवार भएका प्रचण्ड यसपटक गोरखा उक्लेका हुन्।