काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मनोनयनपत्र दर्ता उत्साहजनक रुपमा भइरहेको निर्वाचन आयोगले बताएको छ।
‘मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि देशभर खुलेका १६५ मुख्य निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारहरुको मनोनयनपत्र दर्ता गर्ने कार्य उत्साहपूर्ण रूपमा भइरहेको छ,’ आयोगले भनेको छ।