काठमाडौं । तनहुँ–१ बाट पूर्वमन्त्री गोविन्दराज जोशीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस नेता रामचन्द्र पौडेल पनि तनहुँ–१ बाट गठबन्धनका उम्मेदवार छन् । जोशी र पौडेल तनहुँको कांग्रेस राजनीतिमा पुराना प्रतिस्पर्धी हुन् ।
जोशीमाथि भ्रष्टाचारको मुद्दा समेत चलिरहको छ। विशेष अदालतले जोशीलाई भ्रष्टाचारी ठहर गरिसकेको छ। २०७४ को निर्वाचनमा पनि जोशीले कांग्रेस नेता पौडेलविरुद्ध नै उम्मेदवारी दर्ता गराएका थिए।