काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
आज डलरको खरिद दर १३१ रुपैयाँ ४२ पैसा र बिक्री दर १३२ रुपैयाँ ०२ पैसा रहेको छ । युरो एकको खरिद दर १२८ रुपैयाँ ८६ पैसा र बिक्री दर १२९ रुपैयाँ ४५ पैसा रहेको छ । यस्तै भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १४७ रुपैयाँ ४४ पैसा र बिक्री दर १४८ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।