• श्रावण १२ २०८३, मंगलवार

मंसिर ४ मा हुने निर्वाचनमा कस्ता व्यक्तिले उम्मेदवार दिन पाउँदैनन ?

आश्विन २२ २०७९, शनिबार

काठमाडौं । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आइतबार मनोनयन दर्ता हुँदै छ।

जसका लागि निर्वाचन आयोगले कस्ता व्यक्ति उम्मेदवार हुन नपाउने भनेर अयोग्यताको सूची सार्वजनिक गरेको छ। आयोगले १० बुदाँमा यसलाई प्रष्ट पारेको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ अनुसार उम्मेदवारको अयोग्यता तोकिएको छ। उक्त दफामा ‘अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि देहायका व्यक्ति निर्वाचनमा उम्मेदवार हुन अयोग्य मानिनेछ’ भनेर व्यवस्था गरेको छ।