• बैशाख २७ २०८३, आईतवार

सभामुख अग्निप्रसाद सापकोटाद्वारा निर्वाचन नलड्ने घोषणा

आश्विन २२ २०७९, शनिबार

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले मंसिर ४ को निर्वाचन नलड्ने घोषणा गरेका छन् । शनिबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर उनले आफू उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।

उनले युवा पुस्तालाई अघि बढुन् भन्ने अभिप्राय राखेर प्रतिस्पर्धामा नउत्रिने निर्णय गरेको उनको भनाइ छ। आफूले हार्ने डर वा टिकट नपाइएला भन्ने डरले प्रतिस्पर्धामा नउत्रिने निर्णय नगरेको बताए।