• बैशाख २७ २०८३, आईतवार

प्रचण्ड गोरखा २ बाट चुनाव लड्ने

आश्विन २२ २०७९, शनिबार

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने भएका छन् ।

माओवादी केन्द्रको पदाधिकारीको बैठकले अध्यक्ष दाहाललाई गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।

अध्यक्ष दाहाल गोरखा २ बाट उम्मेदवार बन्ने निर्णय भएको माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।