काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का कारण पाँचदलीय सत्ता गठबन्धनको सिट बाँडफाँडमा ढिलाइ भएको छ ।
बिहीबार अबेरसम्म बसेको बैठकमा जसपाका नेता उपस्थित नभएपछि सिट बाँडफाँडमा ढिलाइ भएको हो ।
सिट धेरै सुनिश्चित हुने दलसँग तालमेल गर्ने जसपाको रणनीतिले गठबन्धन सिट बाँडफाँडको टुंगोमा पुग्न सकेको छैन ।
सत्ता गठबन्धनले जसपालाई प्रतिनिधिसभातर्फ १६ सिट दिने तयारी गरेको छ । तर एमालेले भने झण्डै २५ सिट दिने बताएपछि जसपाको दोहोरो बार्गेनिङ चलेको नेताहरू बताउँछन् ।