• जेष्ठ ४ २०८३, सोमबार

हिमाली जिल्ला मनाङमा हिमपात

आश्विन २० २०७९, बिहीबार

काठमाडौं । हिमाली जिल्ला मनाङमा आज बिहानै देखि बाक्लो हिउँ पर्न थालेको छ । जिल्लाको माथिल्लो क्षेत्रमा बिहीबार विहानबाट हिउँ पर्न थालेको त्यहाँको स्थानीयले जानकारी दिएका छन् ।

मंगलबारदेखि परेको अविरल वर्षाका कारण बिहीबारबाट हिउँ पर्न थालेको मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले बताए । उनका अनुसार तीन दिनदेखि निरन्तर परेको वर्षाले हिउँ पर्न थालेको छ । चिसो बढेको छ । हिउँले डाँडाकाँडा सेताम्मे भएको छ ।